कोरोना संक्रमणबाट कपिलवस्तुमा थप एकको मृत्यु

159

चन्द्रौटा,७ माघ ।कपिलवस्तुमा कोरोनाबाट थप एकको मृत्यु भएको छ । शिवराज नगरपालिका वडा १ दोबाटोका ६६ वर्षीया पुरुषको आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो । केहि दिन देखि बिरामी रहेको भएपनि मंगलवार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट परिवारले घर फिर्ता लिएको बताइएको छ । संक्रमितलाई घर लिएपछि परिवारका सदस्यमा कोरोना फैलिएको हुन सक्ने जोखिम बढेको छ ।कोरोना संक्रमित उपचाररत बिरामीलाई घर लगिएको जानकारी पाउनसाथ परिवारको कोरोना परिक्षण गर्ने तयारी गरिएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताउनुभयो । कपिलवस्तुमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार