माघि उत्सव : संघको १ र प्रदेशको २ दिन विदा

246

बुटवल २६ पुस ।संघिय सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभयो । आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै उहाँले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो ।

यता  लुम्बिनी प्रदेश सरकारले  दुई दिन सार्वजनिक बिदा दिएको छ । थारु सामुदायको सबैभन्दा ठूलो  पर्व माघीको अवसरमा दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको पत्र मार्फत जानकारी दिएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार