अर्घाखाँचीमा बस दुर्घटना, ३ को अवस्था गंभिर

222

अर्घाखाँची २९ पुस  अर्घाखाँचीमा बस दुर्घटना हुदाँ १२ जना घाइते भएको छन् । शितगंगा नगरपालिका–१४ सिमलपानीमा बुधबार बिहान लु १ ख ७८१४ नम्बरको बस शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्वरको बस शितगंगा नगरपालिका१४ छन्त्यालरुखमा दुर्घटना भएको थियो ।

     जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ब्रेक फेल भएर भएको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका १२ जना मध्ये ९ जनालाई उपचारका लागि कपिलबस्तुमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँची अर्घाखाँचीले जनाएको छ ।३ को अवस्था गंभिर रहेको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार