प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश

20

काठमाण्डौ २४ चैत्र । प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम शीर्ष चारमा प्रवेश गरेको छ ।वुल्भ्सलाई ३-२ गोलले पराजित गर्दै वेष्टह्याम ५२ अङ्क बनाएर चौथो स्थानमा प्रवेश गरेको हो ।जितसँगै वेष्ट ह्यामका कप्तान मार्क नोबेलले आफूहरुले खेलमा हार ब्यहोर्नु नपर्ने प्रतिक्रिया जनाएका छन् । वुल्भ्स ३५ अङ्कसहित १४ औँ स्थानमा रहेको छ ।यस्तै गएराति भएको अर्को खेलमा एभर्टन र क्रिस्टल प्यालेसबीचको खेल बराबरीमा सकिएको छ । दुवै समूहले १\१ गोल गरेसँगै अङ्क बाँडेका छन् । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार