बस्ती बस्तीवाट मगर उठे,चौक चौराहमा रमाउदै जुटे

275

कपिलवस्तु १६ फागुन३९ औँ ‘राष्ट्रिय मगर एकता दिवस कपिलवस्तुको बाणगंगामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल मगर संघ बाणगंगा नगरको समन्वय, वडा नम्बर दुई इकाई समिति र न्यू मंगोलियन युवा क्लवको आयोजनामा कप्टैया खेल मैदानमा विविध सांस्कृतिक कार्यक्रमसहित मगर एकता दिवस मनाइएको हो । कार्यक्रममा नगरका १० वडाबाटै मगर संस्कृति, झँकी र बाजागाजासहित मानिसहरु जम्मा भएका थिए ।

यसैबीच कार्यक्रममा बोल्नेहरुले मगर संस्कृति नेपालकै अमुल्य सम्ति भएको बताएका छन् । कार्यक्रममा  नगरप्रमुख मंगल प्रसाद थारुले मगर संस्कृति नेपालकै अमुल्य सम्पति भएको बताउनु भयो । नेपाल बहुजात, भाषा, धर्म र संस्कृतिले युक्त मुलुक भए पनि मगरसमुदायको छुट्टै पहिचान भएको उहाँको भनाई छ । मगर आन्दोलन र मगर अधिकार स्थापित गर्न मगर तथा गैरमगर सबै एकजुट भएर लाग्नु पर्ने उहाँको भनाई छ । नगरले सबै जात जाति र भाषाभाषीमाथि विभेद नगरेको बताउनु भयो । उहाँले भन्नुभयो हामीले थारु चाड माघिको लागि पनि बजेट विनियोजन गछौँ । यस्तै मगर संस्कृति र कार्यक्रमको लागि पनि बजेट छुट्याएका छौँ ।

यस्तै कार्यक्रममा बोल्ने नगर, जिल्ला र प्रदेशका मगर अगुवाहरुले पनि मगर आन्दोलन र अधिकारकारको लडाई अझै नसकिएको बताएका छन् । उनीहरुले लुम्बिनी प्रदेशलाई मगरात नामाकरण गरिनु पर्ने लगायतका माग अझै पनि पुरा नभएको बताए । कार्यक्रममा मगर खाना, संस्कृति तथा भेषभुषाको पनि प्रदर्शन गरिएको थियो । 

विगतमा फरक फरक स्थानमा कार्यक्रम हुने गरेकोमा यसपटक नगरको एक स्थानमा भएको र अर्को साल वडा नम्बर ९ को भलवाडमा ४० औँ मगर एकता दिवस मनाउने तय भएको मगर अगुवा तथा वडा नम्बर ३ का वडासदस्य कुल प्रसाद सोमैले  बताउनु भयो । कार्यक्रम संयोजकको रुपमा संजिब थापा रहनु भएको थियो ।

 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार