कपिलवस्तुमा गुडिरहेको मोटरसाइकल पोलमा ठोकियो । एक जनाको मृत्यु ।

7846
कपिलवस्तु पुस २८ । 
कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ वसन्तपुरमा गुडिरहेको मोटरसाइकल पोलमा ठोकिँदा एक जनाको ज्यान गएको छ । आज (मङ्गलवार) साँझ ७ बजे भएको दुर्घटनामा बुद्धभुमी २ गोरुसिङ्गे थारु गाउँका वर्ष २८ को सुरेन्द्र थारुको मृत्यु भएको हो । गोरुसिङ्गे बाट पत्थरकोट तर्फ जाँदै गर्दा लु १० प ७४४९ नम्बरको मोटरसाइकलले सडक छेउमा रहेको २ पोलमा ठक्कर दिएको थियो । 
तीव्र गतिमा गुँडेको मोटरसाइकल मोड्ने बेलामा अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ती सोही ठाउँ कै वर्ष २६ का टिकाराम थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको बताइएको छ । घाइते थारुको खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका  प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार