नेपाललाई खोप दिन भन्दै वेलायतका १६ सांसदले लेखे विदेशमन्त्री रावलाई पत्र

208
काठमाडौं । कोरोना (कोभिड-१९) को दोस्रो लहरसँग संघर्ष गरिरहेको नेपाललाई तत्काल खोप लगायतका स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेका छन् ।तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन मन्त्री रावलाई बुझाइएको पत्रमा आग्रह गरिएको छ ।कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न पत्रमा उल्लेख छ ।ती सांसदहरुले नेपालको पछिल्लो स्वास्थ्य संकटबाट विदेशमन्त्रीलाई अवगत समेत गराएका छन् । स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला भैसकेको उल्लेख गर्दैै उनीहरुले यसैसाता बेलायती सेनाको चिकित्सकीय टोली काठमाडौं आउन लागेको कुरा स्वागतयोग्य भएको समेत जनाएका छन्

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार