बुटवलमा २४ घण्टा भित्र ६ संक्रमितको मृत्यू

227

काठमाडौं २० वैशाख । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो ।लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९: ५० बजे मृत्यु भएको छ ।

वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।यस्तै सल्यानको शारदा ११ निवासी ४३ वर्षीय पुरुषको पनि आज विहान ६ः५८ मा मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए ।उनमा ज्वरो र श्वासप्रस्वास सम्बन्धी समस्या थियो ।अर्घाखाँचीको धातिवाङ ८ निवासी ७५ वर्षीय पुरुषको आज विहान २ बजेर १८ मिनेमा मृत्यु भएको डा गौतमले जानकारी दिए । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल ४ रुपन्देही निवासी ८४ वर्षीय पुरुषको आज विहान १: २४ बजे र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुषको गएराति साढे आठ बजे मृत्यु भएको छ ।बुटवल ११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो ३ः५० बजे मृत्यु भएको छ । वैशाख १६ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार