सर्वोच्चमा निवेदन दर्ता :केहीदिनभित्रै फैसला पुनरावलोकन हुन्छ

91

काठमाण्डौ १७ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले रिट निवेदकले निवेदन दिएको भन्दा बाहिर गएर गरिएको फैसला केही दिनभित्रै पुनरावलोकन हुने बताउनुभएको छ ।फैसलाको पुनरावलोकनका लागि निवेदन दिएर फर्किएपछि अध्यक्ष प्रचण्डले रिट निवेदकले नामको आधिकारिकताबारे रिट दायर गरेको भए पनि पार्टी नै खारेज गर्ने फैसला भएकाले आफूहरुले फैसलालाई स्वाभाविक मान्न नसकिएको बताउनु भएको छ ।उहाँले राजनीतिक स्थायित्वका लागि एकताबद्ध भएका दलहरुलाई विभाजित गर्ने फैसला सच्चिने कुरामा आफू ढुक्क भएको उहाँले बताउनुभएको छ । गएको फागुन २३ गते पार्टीको नाम सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार