भारतको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको ज्यान गयो

169

काठमाण्डौ २५ पुष । भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ ।महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन  महिना उमेर भएका १० जना बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको छ । बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ । गलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर ज्यान गएको अस्पतालले जनाएको छ । विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रमा मुख्यमन्त्री ठाकरेलगायतले घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार