एमाले कपिलवस्तुमा नेताहरुको पून जिम्मेवारी बाँडफाँड कसले के पाए ?

710

कपिलवस्तु २७ असोज। एमालेको आन्तरिक सहमतिको दस्तावेज १० बुँदेको कार्यान्वयन  अनुरूप (एमाले) कपिलवस्तुले नेताहरुको जिम्मेवारी पुन बाँडफाँड गरेको छ । मंगलबार बाणगंगामा बसेको जिल्ला सचिवालय बैठकले विभिन्न नेताहरुको जिम्मेवारी बाडेको हो।

एमाले कपिलवस्तुका प्रचार विभाग प्रमुख लक्ष्मण वेलवासेका अनुसार  प्रतिनिधि सभा निर्वाचन क्षेत्रका ३ वटै स्थानमा संयोजक टुङ्गाइएको छ । जस अन्तगत निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बाबुराम आचार्य, २ को संयोजकमा बाबुराम खनाल र ३ को संयोजकमा सिबि गहतराजलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र १ को (१) मा इन्चार्ज विश्राम प्रसाद थारु, १ को (२) मा विष्णु गौतम, २ को (१) मा शुसिला दर्लामी, २ को (२) मा किरण देवकोटा, ३ को (१) मा उपेन्द्र खनाल र ३ को (२) मा कृष्ण भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

वैठकले बाणगंगा नगर कमिटीको इन्चार्जमा चक्रपाणी अर्याल, बुद्धभूमि नगर कमिटीको इन्चार्जमा पिताम्बर खनाल, शिवराज नगर कमिटीको इन्चार्जमा अर्जुन केसी, विजयनगर गाउँ कमिटीको इन्चार्जमा गोपाल थापा, कृष्णनगर नगर कमिटीको इन्चार्जमा टोपलाल पोख्रेल, महाराजगञ्ज नगर कमिटीको इन्चार्जमा मेहराज खाँन, कपिलवस्तु नगर कमिटीको इन्चार्जमा सरिता आचार्य, एशोधरा गाउँ कमिटीको इन्चार्जमा हुमनाथ पाण्डे, मायादेवी गाउँ कमिटीको इन्चार्जमा तिरख पासी, शुद्धोधन गाउँ कमिटीको इन्चार्जमा मुजिव खाँलाई जिम्मेवारी प्रदान उहाँले जानकारी दिनुभयो ।

वैठकले जिल्ला विभाग, फाँट इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै भूगोलको जिम्मेवारी प्रदान गर्दै जिल्ला सचिवालय विस्तार गरेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । वैठकले कार्तिक ६ गते हुने वडा अधिवेशन र कार्तिक ९ गते हुने नगर, गाउँ अधिवेशनका विषयमा सम्बन्धित कमिटीले प्रतिनिधिको टुंगो लगाउने गरी जिम्मेवारी प्रदान गरेको एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालले बताउनु भयो ।

वैठकले जेष्ठ नागरिक मञ्च र जिल्ला सल्लाहकार परिषदलाई यथावत जिम्मेवारी प्रदान गरेको छ । विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।कपिलवस्तुवाट एमालेको प्रदेश कमिटीमा २१ जनाको समायोजन भएसंगै जिल्लामा केहि फेरवदल आएको हो। 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार