नेपाली हास्य व्यङ्ग्य साहित्यका पाँडे र पौडेललाई भैरव पुरस्कार

151

काठमाण्डौ २० कार्तिक ।  नेपाली हास्य-व्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६-७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ । पाँडे चर्चित व्यङ्ग्यकार हुनुहुन्छ भने पौडेल हास्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश - एक लाख र पचास हजार रुपैयाँ रहेको छ ।

  वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहनु भएको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अहिले कोभिड-१९ को सङ्क्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो । २०४६ साल देखि प्रत्येक २-२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आउँदो वर्षबाट वर्षेनि वितरण गरिने पनि रिजालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार