बडि बाठो हुनाले भुटेका मकै !

128
मेरो गाउँको नजिकै अर्को गाउँ छ पान्डाडा, त्यहाँ यजमानी गर्ने दुइजना पुरेत बाहुनबाजेहरु एकदिन साझँपख यजमानकै घरमा बासा बस्ने हिसाबले त्यहाँ पुगेछ्न।यजमानको घरमा बुडाबुडी मात्रै भएकाले बुडिमान्छे घासँ काट्न र बुडामान्छे गोठतिरको काममा हुनुहुदो रहेछ। पुरेतहरु घरको दलानमा रहेको खाटमा बसिरहेका थिए।केही समयपछी बुडो मान्छेले सिल्टीको बाल्टीमा पाँच छ मानाजती दूध दुहेर भित्र लैजानु भयो ।
बाल्टिमा दूध देखेपछी पुरेतहरुलाई खिर खाने इच्छा जाग्यो, दाजु डासुराम पन्डितले भाइ पुनारामलाइ भनेछ्न की "हेर कान्छा यजमानको घरमा दूध प्रशस्तै रहेछ । आज पेटैभरी खिर खान पर्यो ,खिरखाने परीपाटी मैले मिलाउँछु तिमी नबोलिकन बस्नु । मैले भाषा मिलाएर कुरा गर्दछु।"भाइले भने " हुन्छ दाजु म बोल्ने छैन।" एकछिनपछी बुडिमान्छे बाहिर आउनुभयो र भन्नू भयो की पन्डितजीहरु मैले भान्सामा लिपेर दाल चामल आलु घिउ सबैकुरा त्यहाँ राखी दिएकी छु । हजुरहरु गएर भात पकाउन पर्यो,के गर्ने हामिले पकाएको भात यहाँहरुलाई नचल्ने , दुख पाउन पर्यो । बुडीमान्छेको कुरा सुनिसके पछि दाजु डासुराम पन्डितले भने "हेर त!आज हाम्रो मङ्गलवारको दिन परेछ , हामिले आज पानीमा पकाएको खाँदैनौ।"
डासुराम पन्डितको कुरा सुनेर बुडिमान्छे अलमलमा पर्नु भयो। वहाँले कुरा बुज्नु भएन। भित्र गएर बुडामान्छे सङ्ग भन्नू भयो की हेर त बुडा ! पन्डितजीहरुले आज पानीमा पकाएको खानु हुँदैन रे !अब कसो गर्ने होला ! बुडाबुडी धेरैबेरसम्म अलमलमा परिरहे। के गर्ने ! कसो गर्ने ! केही सोचाइ आएन। उनिहरुले खिर खान खोजेका हुन भन्नेतिर ध्यानै गएन। धेरैबेरपछी बुडाले बुडीमान्छेलाइ भन्नू भएछ की त्यसो भए हेर बुडी ! रोटी पकाउदा पनि पानी मिसाउन पर्दछ । अब के गरौं भने मकै भुटेर ख्वाउन पर्यो भनेर चारमाना जति मकै भुटेर बासी मही सहित खाटमा राख्दै बुडा मान्छेले भन्नुभयो " राम्रो बार पारेर आउनु भएनछ । पानीमा पकाएको खान नहुने रहेछ । केरा पाकेको पनि छैन , सखरखण्ड खनेको पनि छैन । भोकै पाहुनालाई सुताउन पनि भएन , भुटेका मकै खाएर सुतौं।
"बुडामान्छे भित्र गएपछि भाइ पुनारामले दाजुलाई भने की बडि बाठो बनेका थियौ। खाउ बासी महि र भुटेका मकै ! सोजासोजी कुरा गरेको भए हुदैनथ्यो ! आफ्नो चतुराइलाई धिक्कार्दै बुढेसकालमा सकिनसकी मकै खाएर सुत्न पर्यो । सोझासोझी हामीलाई खिरखाने मन छ भनेको भए के बिग्रन्थ्यो र ! यतिबेला हामीले राजनीतिमा पनि यस्तै रकमी र चतुर खेलाडिको फेला परेका छौ ।आफ्नै पार्टीसङ्ग ,आफ्नै सहपाठीसङ्ग,आफ्नै कार्यकता र जनतासङ्ग सोझासोझी कुरा गर्दा के बिग्रन्थ्यो ! सल्लाहले सामुहिक निर्णयबाट अगाडि बढ्दा के नै आपत आउँथ्यो र ! सहपाठिहरु मन्जुर छैनन भने एक एक पद बनाउँदा के नै नोक्सानी हुन्थ्यो र ! अझ महान पो बनिन्थ्यो त ! बडि बाठो भएर कहिले कस्लाइ , कहिले कस्लाइ मूर्ख बनाइ रहन्छु भन्दा अन्त्यमा पन्डित बाजेहरुले जस्तै भुटेका मकै खान पर्ने त होइन ! समयमै ख्याल गर्दा कसो होला ! पन्डितबाजेहरुको घट्नाबाट शिक्षा लिदाँ राम्रै हुन्थ्यो की ! आगे यहाँहरुको जो बिचार।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार