खशीको अचाक्ली मूल्य ,गरीव मुसलमानकालागि बक्रईद कहर

120

कपिलवस्तु १५ साउन मुस्लिम समुदायको दोसो ठुलो चाड बक्राइदमा  खसीको माग बढेसंगै मुल्यमा पनि बढेको छ । सो चाडमा खसीको कुर्बानी दिने चलन रहेकोले बजामरा खसीको माग बढेको हो । अहिले कोरोना भाइरुसका कारण भारतबाट समते खसीबोका आयात भएका छैनन् । बजारमा पनि खसी बोकाको अभाव छ । यही सयममा बक्राईदा परेकाले मुल्य बढेको ब्यापारीहरु बताउछन । यही साउन १७  गते बक्राईद मनाईदैछ । मुस्लिम समुदायले ईदुजोहो अर्थात् बक्राईदमा खसिहरुको कुर्वानी ( बली ) दिने चलन रहेकोले अहिले जिल्लामा खसि किन्ने प्रस्पिार्धा नै चलेको हो ।

        खसीको कारोवार समेत बढेको यो पर्वमा मोलमोलाई गर्ने चलन नभएकाले मुस्लिम अगुवाहरु बताउछन । जिल्लामा एउटा खसिको १० हजार देखि ५० हजार सम्मको खरिद गर्ने गरेको पाईएको छ । गरीव मुसलमानकालागि वक्रइद कहर बन्न पुगेकोछ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बक्राईद मुस्लिम समुदायले हर्षोल्लासले मनाउने तयारी गरेका छन् । यसैका लागि उनीहरुले खसी खरिद समेत गरेका छन् । आफनो गच्छ र सामथ्र्यले भ्याए सम्म खसि खरिद गर्नु पर्ने भए पनि कतिपय मुस्लिमले समाजमा रवाफ देखउान र ठूलो बन्नका लागि बढी रकम तिरेर खरिद गर्ने गरेका मुस्लिम अगुवाहरु बताउछन् ।  यसो गर्नु ईस्लाम धर्मको खिलाफ रहेको उनीहरु बताउछन ।

         बजारमा महंगो र प्रतिस्पर्धा कै कारण बिपन्न, र गरिव मुस्लिमहरु मर्कामा परेका छन् । बजारमा १० हजार घटीका खसि नै पाउन गाह्रो परेको उपभोक्ताहरु बताउछन् । ‘ जति सानो खसिलाई पनि ब्यापारीहरुले १० हजार भन्दा घटीमा खसी नै पाईदैन । ’ कपिलवस्तु नगरपालिका– ३ देवनगढीयाका करीम मुसमानले गुनासे गरे  । महगो र अभावका कारण आफूले बक्राईदका लागि बाणगंगा नगरपालिकाबाट ३६ हजार तिरेर खसि किनेर ल्याएको तौलिहवाका  मोबनि मुसलमानले बताए । उनले जिल्लामा आफूले किनेको खसिलाई ४५ हजार बढी मूल्य पर्ने बताए  । ब्यापारीहरुले बक्राईद कै मौका छोपी आफू खुसी मूल्य कायम गर्ने गरेको छन् । उता खसि ब्यापारीहरुले बक्राईद कै कारण जताततै खसीको मूल्य बृद्धि हुने भएकाले आफूहरुले पनि बाध्य भई बढी मूल्यमा खसिद बेच्ने गरेको बताउछन् ।

        गौढी चोकमा खसि तथा मासु ब्यापारी ईसलाम मुसलमानले बक्राईदमा दात आएको, चोट पटक नलागेका, स्वास्थ्य र दुरुस्त खसि चाहिने तथा मोलमोलाई गर्ने चलन समेत नभएकाले यो पर्वमा खसिको मूल्य आकासिने गरेको बताए । बक्राईदमा अरु समय भन्दा खसिको मूल्य तेब्बर र चोब्बर हुने गरेको उनी बताउछ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार