यूईएफए नेसन्स लिग फुटबलमा इटालीले बोस्नियालाई हरायो

71

काठमाण्डौ ४ मंसिर । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले बोस्निया एण्ड हर्जगोबिनालाई २-० गोलले हराएको छ ।राति भएको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्नियालाई २-० गोलले हराएको हो । बोस्नियाको मैदानमा इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी र डोमिनिको बेरार्डीले एकरएक गोल गरे ।खेलको २२ औं मिनेटमा बेलोट्टीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीको जित पक्का गरे ।

जितसँगै लिग ‘ए’ को समूह ‘ए’ मा रहेको इटालीले नेसन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ । इटालीले ६ खेलमा १२ अंक जोड्यो ।इटालीले अब अन्तिम चारमा फ्रान्स, बेल्जियम र स्पेनसँग खेल्नेछ । अन्तिम चारको खेल २०२१ को अक्टोबरमा हुनेछ । २ अंक जोडेर पुछारमा रहेको बोस्निया भने रेलिगेसनमा परेको छ । अर्को वर्ष बोस्नियाले लिग बी खेल्नेछ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार