उपचार हुने ठाउमा नारावाजी : अस्पतालको किचलोमा संजालको ध्यानाकर्षण

115

कपिलवस्तु ६ चैत्र ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित पिपरा अस्पतालको सेवा प्रभाबकारी नभएको भन्दै स्थानियहरुले नाराबाजी र जुलुस गरेका छन । विगत लामो समयदेखी अस्पालत समिति ,प्रशासन र स्थानिय बिचमा सम्बन्ध बिग्रदै गएको भन्दै स्थानियहरुले नाराबाजी जुलुस गरेका हुन ।

अस्पातलाको सेवा सुबिधा प्रति असन्तुष्ट स्थानियहरुले अस्पतालकाबाट पाउने सेवा सुबिधा सहज रुपमा नपाएको र अस्पताल समिति र प्रशासन बिच राम्रो तालमेल नहुदा बिरामीहरुले सास्ती खेप्न बाध्य भएको बताएको छन । यता सेवाग्राहीका समस्या र गुनासालाई मध्यनजर गर्दै मानब अधिकार रक्षक जिल्ला सञ्जाल कपिलवस्तुले आफ्नो गम्भिर ध्यानआकर्षण भएको जनाएको  छ । जिल्ला सञ्जालका संयोजक दोलख बहादुर पछाईले यस समस्यालाई तुरुन्दै समाधानका लागि सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्नुपर्ने जोडदार माग गर्नुभएको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार