कोरोना संक्रमणको चेन तोड्न केही हप्ता पूर्ण लकडाउन अति आवश्यक ः डा. एन्थोनी फौची

23

बैशाख १८ ,काठमाडौँ — 

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले भारतमा कोरोना संक्रमणको ‘सुनामी’ रोक्नका लागि केही हप्ता पूर्ण रुपमा लकडाउन गर्नुपर्ने बताउनुभएको छ । 

कुनै पनि देश लकडाउनमा जान नचाहे पनि कोरोना संक्रमणको चक्र तोड्नका लागि भारतमा केही हप्ता लकडाउन आवश्यक रहेको डा. फौचीको भनाइ छ । भारतीय अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेससँगको कुराकानीमा डा. फौचीले भारतले कोरोना संक्रमण रोकथाममा के कस्ता उपाय अपनायो भन्दा राजनीतिक मुद्दा बन्ने बताउनुभयो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु महत्वपूर्ण भए पनि त्यसको असर देखिन केही समय लाग्ने भएकाले अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने पनि उहाको भनाइ छ ।

उहाले वर्तमान समयमा कोरोना संक्रमणले निम्त्याएको संकट समाधानका लागि एउटा आयोग वा आपत्कालीन समूह बनाउनुपर्ने पनि बताउनुभयो । यस्तो समूहले अक्सिजन तथा अन्य मेडिकल सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनुपर्ने उहाको भनाइ छ । त्यस्तै भारतले यस कार्यमा अन्य देश र विश्व स्वास्थ्य संगठनको सहयोग लिनुपर्ने पनि उहाले बताउनुभयो ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार