पार्टी एकतामा पुनः फर्कन पूर्वमन्त्री भट्टराईको आग्रह

108

चितवन २१ पुष ।पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुुर महानगर कमिटीले सोमबार यहाँ आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलामा उनले भने, ‘‘प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएकोजस्तो छ ।’’नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन उनलाई आग्रह गरे ।नेकपा नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानुनविपरीत भएको बताउँदै यसलाई कानुनले नै सच्याउनुपर्नेमा जोड दिइन् ।कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले बोलेका थिए । रासस

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार