राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

192

काठमाण्डौ २६चैत्र । राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।त्रिपुरेश्वरमा रहेको राखेपको कर्भडहलमा आज महिलातर्फको फाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै, पुरुषतर्फको फाइनलमा एपीएफ क्लब र हेल्प नेपाल खेल्नेछन् । यो खेल दिउँसो साढे ३ बजे हुनेछ ।च्याम्पियनसिपको महिला र पुरुष विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार