पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन

208

काठमाण्डौ १३ कार्तिक । भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ । ९२ वर्षको उमेरमा उहाँको बिहीबार निधन भएको हो । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको बीबीसी हिन्दीले जनाएको छ ।  केशुभाई गुजरातमा दुई पटक मुख्यमन्त्री बन्नुभएको थियो । सन् १९९५ मा मुख्यमन्त्री बन्नुभएका उहाँले पार्टीमा विवाद भएपछि सात महिनामा नै राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँ सन् १९९८ मा फेरि मुख्यमन्त्री बन्नुभएकोे थियो । सन् २००१ मा पार्टीको असन्तोष र आफ्नो स्वास्थ्यमा आएको खराबीका कारण उहाँले राजीनामा दिनुभएको थियो ।

 त्यसपछि भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री बन्नुभएको थियो । गुजरातका पूर्व मुख्यमन्त्री केशुभाई पटेलले सन् २०१४ मा राजनीतिबाट सन्न्यासको घोषणा गर्नुभएको थियो ।प्रधानमन्त्री नरेन्द्र मोदीले पटेललाई श्रद्धाञ्जली दिँदै शोक व्यक्त गर्नुभएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि पटेलको निधनप्रति समवेदना जनाउनुभएको छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार