प्रधानमन्त्री ओलीले नयाँ वर्षको दिन देशवासीका नाममा सम्बोधन गर्ने

99

काठमाण्डौ ३१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन भोलि देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।उहाँले भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम, पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिनु हुने मन्त्री गुरुङले उज्यालोलाई बताउनुभयो ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार