जन्मदिन मनाउन भेला भएको बेला भएको आगलागीमा परेर सात जनाको ज्यान गयो

251

काठमाण्डौ १ मंसिर । हङकङमा एउटा जन्मदिन मनाउन भेला भएको बेला भएको आगलागीमा परेर सात जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा धेरै जसो नेपाली रहेको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् । ज्यान गुमाउनेमा चार जना पुरुष र तीन जना महिला छन् । मृतकहरूको पूरा विवरण आइनसकेको खबरमा उल्लेख छ ।क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको हो । आगलागीमा अरु १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको विभिन्न चार वटा अस्पतालमा उपचार भइरहेको छ ।अपार्टमेन्टमा नेपाली रेस्टुरेन्ट सञ्चालनमा रहेको तर दर्ता भने नभएको खबरमा उल्लेख छ । हङकङ सरकारले आगलागीको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार