दाङका स्थानीय तह अक्सिजन सहितको आइसोलेसन निर्माण जुट्दै

29

बैशाख १८ ,दाङ- 

कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव हुँदै गएपछि दाङका स्थानीय तहहरूले अक्सिजन सहितको आइसोलेसन निर्माण थालेका छन् । २५ बेडको कोरोना विशेष अस्पतालमा अहिले ४२ बेड सञ्चालन छ ।  तीमध्य ५ वटा आइसियु र अन्य एचडियु हुन् । दाङमा दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन । तीमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ । संक्रमितहरूमध्ये केही बेलझुण्डी र केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका छन । संक्रमित बढ्दै गएपछि तुलसीपुरले अक्सिजनसहितको आइसोलेसन निर्माण तीव्र पारेको छ। वडा नम्बर ८ मा रहेको भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (मेट्रो हस्पिटल) मा ५० बेडको आइसोलेसन सेन्टर अबको दुई दिनभित्र सञ्चालनमा आउने उपमहानगरका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिनुभएको छ ।  

उता शान्तिनगर गाउँपालिकाले २० बेडको यस्तै बबई गाउँपालिका हापुरेमा ३० बेड क्षमताको अक्सिजन सहितको अस्पताल,  दंगीशरण गाउँपालिकाले पनि २० बेडको उता घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्यन्तै जटिल अवस्था आएमा ४० बेडसम्मको सञ्चालन गर्ने गरी सम्झौता भएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले बताउनुभयो । ४० बेडले पनि नपुग्ने अवस्था आए भवन भाडामा लिएर अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ । त्यस्तै, बंगलाचुली गाउँपालिकाले २० बेडको र देउखुरी क्षेत्रका ४ वटा स्थानीय तह राप्ती, लमही, राजपुर र गढवाले लमहीस्थित नेत्रलाल प्रतिष्ठानमा आइसियुसहितको २५ बेडको कोरोना अस्पताल सञ्चालन गर्न लागेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभएको छ। त्यस्तै, राप्ती गाउँपालिकाले पनि २० बेडको आइसोलेसन सिसहनियामा सञ्चालन गरेको उनले बताउनुभयो । तर, अक्सिजनको अभाव रहेको उहाको भनाइ छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार