सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण

120

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो ।नाकास्थित हेल्पडेस्कमा कार्यरत अहेव लोकेन्द्र शाहीका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका दुईजना, धनगढी उपमहानगरपालिकाका एक जना, मेल्लेख गाउँपालिकाका एकजना, बाजुरा जिल्लाका एकजना, गौरीगंगा नगरपालिकाका एकजना र बोग्टान डोटीका एकजनामा संक्रमण पुष्टि भएको हो ।उनीहरु भारतको विभिन्न स्थानबाट त्रिनगर नाका हुँदै प्रवेश गरेका हुन् । पछिल्लो समय भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिने गरेको छ । यद्यपि, सीमा क्षेत्रमा पर्याप्त जनशक्ति र किटको अभावमा सबैको परीक्षण सम्भव नभएकाले जोखिम बढ्दै गएको शाहीले बताए ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार