नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २०

84

काठमाडौं ४ मंसिर । आज बिहीबार देशभर थप २१ सय तीन जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २८ हजार १०६ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारीअनुसार आज देशभर २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ८५ हजार ६३८ छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ७६ पुगेको छ । मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा ९ हजार ८०५ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ३३ हजार ५ सय ५९ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार