वामदेव गौतम राष्ट्रियसभा सदस्यमा सिफारिस

75
Pissa Aata

काठमाडौँ ३०  भदौ ।  सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

    राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको छैन ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार