तौलिहवा २ फागुन ।प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटको उत्खननमा यू आकारको बौद्ध मन्दिरको भग्नावशेष फेला परेको छ । तिलौराकोटको केन्द्रिय संरचना परिसरको पश्चिमतर्फ मध्यभागमा यस्तो संरचना फेला परेको हो । विगतका वर्षदेखि नै केन्द्रीय संरचना परिसर क्षेत्रको विस्तृत जानकारी लिन उत्खनन भइरहेको पुरातत्व विदहरुको भनाई छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भाष्कर…