कपिलवस्तु १४ चैत ।कपिलवस्तुमा करेन्ट लागेर ल्याब टेक्निसियनको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगर पालिका–१० घर भई कपिलवस्तुको कृष्णननगर नगरपालिका–९स्थित छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको करेन्ट लागेर मृत्यु भएको हो ।अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार आइतबार बेलुका सवा ६ बजेतिर काप्रो टिप्न भनेर रुखमा…