अर्थ-वाणिज्य

खेलकुद क्षेत्रमा पुरुष भन्दा महिलाको लगाव उच्च :सांसद घिमिरे




हरी आचार्य

कपिलवस्तु १६ मंसिर । खेलकुदका माध्यमले देश र भूगोललाई चिनाउन पुरुष भन्दा महिलाको लगाव उच्च हुने राष्ट्रिय सभा सदस्य विमला घिमिरेले वताउनु भएको छ। सञ्चारीका समुह नेपाल कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोग तथा समन्वयमा प्रथम बाणगंगा नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगितालाई शुभारम्भ गर्दै उहाले यस्तो वताउनु भएको हो । ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति, समृद्ध बाणगंगा नगरका लागि स्वस्थ जनशक्ति’ भन्ने मूल नाराका साथ आयोजित गरिएको ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले उद्घाटन गर्नुभएको हो ।


लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाणगंगा नगरपालिका बुद्ध रंगशालामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरेले खेलकुदले लैगिंक हिंसा विरुद्ध अहम भुमिका खेल्ने बताउनुभयो ।उहाँले महिला ब्याडमिन्टन प्रतियोगिताले जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था तथा सञ्चारकर्मीसंगको सम्बन्ध अझ सुमधुर र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभियानको क्रममा मात्र लैगिंक विभेद्ध विरुद्धका क्रियाकलाप नगरि बर्षैभरी यस्ता खालका कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रतियोगितामा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उप प्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष पार्वती पाण्डे, वडा नं. ४ का वडाध्यक्ष छवि रेश्मी मगर, नागरिक समाज कपिलवस्तुका जिल्ला अध्यक्ष दोलख बहादुर पछांईले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदले स्वस्थ हुनुका साथै क्षमता विकास हुने बताउनुभयो ।नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारीका समुह, विभिन्न सहकारी, विद्यालय तथा संघ संस्थाबाट महिला खेलाडीहरुले प्रतिनिधित्व गरेका थिए । नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । जसमध्ये ८ टिम क्वाटरफाईनल प्रवेश गरेका छन् । भोलि फाईनल हुने छ ।सञ्चारीका समुह नेपाल कपिलवस्तु शाखा अध्यक्ष पार्वती आचार्यको अध्यक्षता, सचिव शेरीफ केसीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको हो ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६