प्रदेश

कपिलवस्तुको बाणगङ्गामा दूध बोकेको ट्यान्कर दुर्घटना



कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका २ पिपरामा दूध बोकेको सवारी साधन दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम जाँदै लु १ ख ३६०७ नम्बरको दूध बोक्ने ट्यान्कर र पश्चिमबाट पूर्व जाँदै गरेको बा १३ च ९३०६ नम्बरको कार एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्यान्करमा सवार तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको स्थिति गम्भीर रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा कारलाई कम क्षती भएको छ । ट्यान्कर अनियंत्रित हुँदै सडकमै पल्टिन पुगेको थियो ।दुर्घटना के कति कारणले भएको हो इलाका प्रहरी कार्यालय पिपराले थप अनुसन्धान गरिरहेको छ । दूध बोकेको सवारी साधन दुर्घटना हुँदा ठुलो मात्रामा दूध नष्ट भएको छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६