प्रदेश

बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकियो



बाजुरा १६ मंसिर – प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरामा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको छ ।
बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि मतगणना रोकिएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत धेरै रहेको पाइएपछि मतगणना रोकिएको हो ।
पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार १३० मतसहित पछ्याउनु भएको छ । पाण्डे र थापाबीचको मतान्तर १ हजार २६९ रहेको छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६