खेलकुद

विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदै



काठमाण्डौ, १६ मंसिर । फिफा विश्व कप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का चार वटा खेल हुनेछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछन् ।

यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यो समूहको दुई खेल राति पौने १ बजे सुरु हुनेछ । समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसकेको छ ।

स्विट्जरल्यान्ड, क्यामरुन र सर्बियाको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । फिफा विश्व कप फुटबलमा गएराति र आज बिहान भएको खेलबाट मोरक्को, क्रोएसिया, जापान र स्पेन अन्तिम–१६ मा पुगेका छन् । भोलिदेखि नकआउट चरणका खेल सुरु हुनेछन्।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६