ब्रेकिंग न्युज

बारामा एक व्यक्तिको हत्या गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ



१५ मंसिर, वीरगञ्ज । बारामा एक व्यक्तिको हत्या गरेको अभियोगमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उनी बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रामपुर्वा टोलका हुन् । किशोरको उमेर अठार वर्ष नपुगेकोले प्रहरीले उनको परिचय खुलाएको छैन ।प्रहरीका अनुसार मंसिर १३ गते मंगलबार राति ती बालकले गाँउकै ४६ वर्षीय परीक्षण चौधरीलाई चिर्पटले हानेर हत्या गरेका छन् । हत्यापछि शव स्थानीय सियाराम चौधरीको गोठ पछाडि खाल्डो खनेर गाडेका थिए ।प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा मंगलबार राति ती १६ वर्षिय किशोर स्थानीय राम पुकार चौधरीको खाजा नास्ता पसलबाट रक्सी सेवन गरि घर फर्कदै थिए । बाटोमा परिक्षण चौधरीले उनलाइ रोकेर अप्राकृतिक मैथुन गर्न खोजेका थिए । ती बालकले प्रतिकारका क्रममा सिसौंको चिर्पटले प्रहार गरेका थिए । चिर्पटले लागेर परिक्षणको घटनास्थलमै मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।

त्यसपछि ती बालकले परिक्षणको शव, स्थानीय सियाराम चौधरीको गोठ पछाडि लगेर खाल्डो खनेर गाडि दिएका थिए ।प्रहरीले बुधबार परीक्षणको शव खाल्डो खनेर निकालेको छ । बुधबार नै ती बालकलाई पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।प्रहरीसँगको बयानका क्रममा ती किशोरले परीक्षणले आफूसँग अप्राकृतिक मैथुन गर्न खोज्दा सिसौंको चिपर्टले प्रहार गर्दा उनको मृत्यु भएको र घटना लुकाउन शव खाल्डो खनेर गाडेको स्वीकार गरिसकेको बोगटीले दाबी गरे ।उनलाई न्यायिक प्रहरी नियन्त्रण कक्षमा राख्नका लागि बिहीबार बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६