अर्थ-वाणिज्य

मधेस प्रदेश वाहेक सबै प्रदेशको समानुपातिकमा एमाले नै पहिलो




कपिलवस्तु १५ मंसिर । प्रतिनिधिसभा समानुपातिकतर्फ पहिलो स्थानमा रहेको नेकपा एमाले प्रदेशसभातर्फ पनि मधेशबाहेक सबैमा प्रथम छ। निर्वाचन आयोगको अपराह्न ५स्२० बजेसम्मको तथ्यांकमा प्रतिनिधिसभातर्फ २७ लाख ६६ हजार ९ सय ७६ समानुपातिक मतका साथ एमाले पहिलो स्थानमा छ भने २६ लाख ३५ हजार ८ सय ५२ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेशमा पनि यी दुई दल पहिला र दोस्रा भएका छन्। यो खबर तयार पार्दासम्म प्रदेश नम्बर १ मा ६ लाख ३२ हजार ७ सय ४ मतका साथ एमाले पहिलो स्थानमा छ भने ५ लाख ३२ हजार ८ सय ४५ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ।
मधेस प्रदेशमा भने समानुपातिकमा कांग्रेस पहिलो स्थानमा छ। यो खबर तयार पार्दासम्म उक्त प्रदेशसभामा पहिलो स्थानमा रहेको कांग्रेसले ४ लाख १ सय ४४ समानुपातिक मत ल्याएको छ भने दोस्रोमा एमालेले ३ लाख ५१ हजार ७ सय ६८ मत पाएको छ। बागमती प्रदेशमा भने फेरि एमाले पहिलो छ। उसले यहाँ अहिलेसम्म ५ लाख ५४ हजार ६ सय ६२ समानुपातिक मत ल्याएको छ। यो प्रदेशमा पनि समानुपातिकमा कांग्रेस दोस्रो छ। उसले अहिलेसम्म ४ लाख ६३ हजार ५ सय २८ मत पाएको छ। गण्डकी प्रदेशसभामा पनि समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ। यहाँ एमालेले अहिलेसम्म ३ लाख ४२ हजार ८ सय ७२ मत प्राप्त गरेको छ भने कांग्रेसले ३ लाख १९ हजार ४ सय ९ समानुपातिक मत ल्याएको छ।
लुम्बिनी प्रदेशमा पनि समानुपातिकतर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म ५ लाख ७० हजार ९ सय २१ मत ल्याएको छ भने दोस्रोमा कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६ मत पाएको छ। कर्णाली प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। यहाँ एमालेले अहिलेसम्म १ लाख ८३ हजार ९ सय ५० र कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत पाएका छन्।सुदूरपश्चिम प्रदेशमा पनि समानुपातिक एमाले नै पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो। यहाँ अहिलेसम्म एमालेले २ लाख ४८ हजार ८ सय ४० तथा कांग्रेसले २ लाख ४३ हजार ३९ समानुपातिक मत प्राप्त गरेका छन्।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६