जीवनशैली

कोटियामाईका हात्तीका मूर्ति अलपत्र



सैनामैना १५ मंसिर । रुपन्देही सैनामैना नगरपालिका वडा ५ मा रहेको कोटियामाईको मन्दिर अगाडिका हात्तीका मूर्तिहरू संरक्षण नहुँदा अलपत्र परेका छन्।सदियौँ पुरानो उक्त मन्दिर वरपर तरबार नहुँदा पशुचौपाया चराउने र केटाकेटी खेल्ने गरेकाले मूर्तिहरू तोडफोड भएर अलपत्र परेका हुन्।
गतवर्ष मन्दिर संरक्षणका लागि १ लाख ५० हजार रुपियाँ बजेट आएको र उक्त रकमले मन्दिर नजिकै पौवा बनाउँदा सकिएको बताउँदै स्थानीय विष्णु ज्ञवाली भन्नुहुन्छ, ुमूर्तिहरू तोडफोड भए तरबार गर्नुपर्छ भनेर छलफल त हुन्छ तर केही हुन सकेको छैन ।ु
शताब्दीयौँ पुरानो सो मन्दिरमा मागेको कुरा पुग्छ भन्ने जनविश्वास रहँदै आएको छ । उक्त मन्दिरमा आफूले इच्छाइएको पूरा भएपछि हात्ती र घोडाको मूर्ति बगाइदिने प्रचलन रहेको स्थानीहरू बताउँछन् । त्यहाँ अहिले नयाँ पुराना गरेर दुई सय मूर्तिहरू छन् । स्थानीय ७५ वर्षीय कलाधर ज्ञवाली भन्नुहुन्छ, ुयस्ता बहुमूल्य वस्तुको संरक्षण हुनुपर्छ ।ु
कोटियामाई व्यवस्थापन समितिका अध्यक्ष विष्णु चौधरीकाअनुसार एक लाख बजेटले तरबार गर्ने तयारी छ सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्माले मन्दिर संरक्षणको लागि बजेट छुट्याइएको बत्ताउनुभयो ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६