खोज–अनुसन्धान

बालकृष्ण हारेपछि रामकृष्णलाई नैतिक संकट : राजीनामाको माग संबोधन होला त ?




बुटवल १५ मंसिर,। गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि रुपन्देही कांग्रेसभित्र अन्तर्घातको आरोप प्रत्यारोपसहित आन्तरिक किचलो सुरु भएको छ ।जिल्लामा रुपन्देही ३ बाट गृहमन्त्री खाँण, रुपन्देही ५ मा भरत शाहले चुनाव हारेका थिए । दुबै जना पार्टीभित्र संस्थापन पक्षका हुन् । उनीहरूले हारेपछि संस्थापन पक्षले पार्टीभित्रको अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाएका छन् ।संस्थापन पक्ष निकटका नेताले अन्तर्घातको आरोप लगाएपछि संस्थापन इतरका ११ जना नेताले बुधबार विज्ञप्ति जारी गर्दै रुपन्देहीमा कांग्रेसको नतिजा निराशाजनक आउनुमा जिल्ला नेतृत्वले नैतिक जिम्मेवारी लिंदै राजीनामा दिनुपर्ने माग गरेका छन् ।
रुपन्देहीमा गृहमन्त्रीका भाइ रामकृष्ण खाँण कांग्रेसका जिल्ला सभापति छन् । पदाधिकारीमा पनि संस्थापन पक्षको बाहुल्य छ ।संस्थापन इतरका नेताहरु लुम्बिनी प्रदेश समितिका सदस्यहरु रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, लुम्बिनी प्रदेश समितिका पूर्वसदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्वकेन्द्रीय सदस्य हरि न्यौपाने, पूर्वक्षेत्रीय सचिव जोगबहादुर खत्री, क्षेत्रीय प्रतिनिधिहरु खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईंले बिज्ञप्ति जारी गर्दै नेताहरूको हारको मुख्य जिम्मेवारी जिल्ला नेतृत्वले लिनुपर्ने बताएका छन् ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६