अर्थ-वाणिज्य

सूर्य थापाले जनमोर्चाको गढ भत्काए र कसरी सत्ता गठबन्धनलाई पछारे ?




पार्वती पाण्डे

प्यूठान १५ मंसिर । मेहनत गरे के हुन्न र ? भन्ने उदाहरण पेश गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले प्यूठानमा जिम्मेवारी पाएको एक बर्षमै जनमोर्चाको गढ भत्काएका छन् भने सत्ता गठबन्धनलाई झिम्रुकमा डुवाउन सफल भएका छन् । नेकपा एमालेका उदीयमान नेता सूर्य थापा प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनी पहिलो प्रयासमै संघीय सांसद बन्न सफल भएका छन् । थापाले सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरेका हुन् । जनमोर्चाको विरासत तोडेर निर्वाचन जितेसँगै उनको चर्चा बढेको छ ।उनी पत्रकारिताबाट राजनीतिमा आएका हुन् । थापा एमाले पोलिटब्युरो सदस्य र प्युठान इन्चार्ज हुन् ।

थापा एमाले भित्रका यूवा नोतहरु मध्ये बढी अध्ययन शिल तर्कसिल मानिन्छन् । उनी दार्शनिक रुपमा प्रष्ट, विष्लेषणमा खरो र दह्रो ,बैचारीक दृढता र अडानमा निष्ठावान समेत मानिने गर्छन ।खरो ब्यवहारका कारण आलोचना खेप्दै आएका थापा मंसिर ४ गते भएको आमनिर्वाचनबाट जनअनुमोदित भएका छन् । एक वर्ष अघि भूगोलको जिम्मा लिएर प्यूठानमा खटिदै आएका थापाले जनमोर्चाको गढ मात्र भत्काएनन् चुनावमा परास्त गरेर सत्तारुढ दलको गठबन्धनलाई समेत झिम्रुक नदीमा फाल्न सफल भए ।
पार्टी महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण दुर्गा पौडेललाई मात्र अवसर दिइएको भन्दै जनमोर्चाभित्रको असन्तुिष्टको कडी समातेर थापाले आमचुनावमा जीत निकालेका छन् । उनले गठबन्धनका कारण असन्तुष्ट नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताहरुको मत आफ्नो पोल्टामा पार्नसके ।स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन धेरै अघि रहे पनि यो पटक मत ट्रान्सफर हुन सकेन । स्थानीय तहको नजिताअनुसार एमालेको ३९ हजार ८७७ मत रहेको थियो । कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२, नेकपा एकीकृत समाजवादीको १ हजार ३२२ मत थियो । यो आधारमा एमाले करिब १४ हजारले पछाडि थियो । तर, आमनिर्वाचनमा थापा ५ हजार २ सय मतान्तरले जीत निकाल्न सफल भए ।अघिल्लो पटक वाम तालमेलबाट दुर्गा पौडेललाई जिताउन थापाले नै अगुवाइ गरेका थिए । तर, यसपटक उनै दुर्गाका प्रतिस्पर्धी बनेर जीत निकाल्न थापा सफल भएका छन् ।
प्युठानको झिमरुक गाउँपालिका सौतामारेमा जन्मिएका थापा अर्घाखाँचीको शिद्धार्थ मावि हंसपुरबाट अनेरास्ववियुको राजनीति गरेका थिए । उनी अनेरास्ववियुबाट काठमाडौंको कैलाशकुट क्याम्पसमा स्ववियु सभापति चुनिएका थिए ।२०५१ सालपछि पत्रकारितामा सक्रिय थापाले एमालेनिकट विभिन्न पत्रिकामा काम गरे । रेडियो नेपालमा घटना र विचार कार्यक्रमसमेत चलाएका उनी २०५७ सालमा प्रेस चौतारीको केन्द्रीय सचिव, २०६२ मा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य बनेका थिए ।२०६४ सालमा एमालेको प्रचार विभाग सचिवमा नियुक्तिपछि उनले पार्टीको मुखपत्र नवयुग मासिकको सम्पादन गरे । सो पत्रिकालाई उनले नयाँ योजनाका साथ संस्थागत गरेका थिए ।प्रचार विभागको उपप्रमुख र प्रचार सम्बद्ध संगठनको सहइन्चार्ज रहँदा उनले आफ्नो अगुवाइमा पत्रकार महासंघमा चौतारीका उम्मेदवारलाई जिताए । पार्टीको पर्यटन विभाग प्रमुखमा रहँदा त्यो सम्बद्ध क्षेत्रमा पार्टी निकटका उम्मेदवारहरुलाई जिताए ।
काठमाडौंमा ईश्वर पोखरेलको चुनावी नेतृत्व सम्हाल्दा उनलाई जिताए भने प्युठानमा वामदेव गौतमलाई उम्मेदवार बनाएर आफ्नै अगुवाइमा जिताए ।अघिल्लो पटक वाम तालमेलबाट दुर्गा पौडेललाई जिताउन थापाले नै अगुवाइ गरेका थिए । तर, यसपटक उनै दुर्गाका प्रतिस्पर्धी बनेर जीत निकाल्न थापा सफल भएका छन् ।थापा २०६१ सालमा भरतमोहन अधिकारी उपप्रधानमन्त्री हुँदा सञ्चार परामर्शदाता, २०६७ मा झलनाथ खनाल र २०७६ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार नियुक्त भएका थिए । २०७१ सालमा एमालेको केन्द्रीय सदस्य भएका उनी दशौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य बनेका छन् । यसपछि उनले प्युठानको इन्चार्ज भएर भूगोलमा काम सुरु गरेका हुन् । जिल्लामा इन्चार्ज भएर काम थालेसँगै उनले बैशाखमा भएको स्थानीय तहमा पार्टीलाई मात्रै जिताएनन्, मंसिर ४ गते भएको आमनिर्वाचनबाट आफ्नो संघीय संसदको यात्रासमेत निश्चित गरेका छन् ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६