ब्रेकिंग न्युज

प्रत्येक वर्ष जस्तैे “एन्जल्स कम्प्युटर इन्स्टिच्युटले” दियो, दुई जनालाई छात्रवृत्ति



पशुपति गिरी
कपिलवस्तु १४ मङ्सिर

बाणगङ्गा ८ बोडगाउँ मा रहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले दुईजनाालाई निशुल्क कम्प्युटर शिक्षाको लागि छात्रबृत्ति दिएको छ । मेहेनति र लगनशिलको आधारमा दुईजना छात्रालाई छात्रबृत्ति दिएको हो । जस्मा बोडगाउँ बस्ने अर्घाखाची घर भएकी रुपा गिरी र बाणगंगा ८ घर भएकी सुस्मा पौडेल रहेका छन् । एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले प्रत्येक बर्ष दुइजनालाइ छात्रबृत्ति दिदै आएको ईन्स्टिच्युटका डाइरेक्टर शर्माले जानकारी दिनुभयो । बिगत लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले अहिले जिल्लामै नयाँ र जिवनपयोगी कोर्शहरु ल्याएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं। ८ बोडगाउँमा रहेको यस इन्स्टिच्युटमा अहिले पनि कम्प्युटरका विभिन्न नयाँ नयाँ कोर्श थप्दै विद्यार्थीहरुको लागी सेवा दिदै आइरहेको छ ।परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युट ले जनाएको छ । ईन्स्टिच्युटले जिल्लामै कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीको मन जित्न सफल भएको छ ।परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युट ले जनाएको छ ।


पाँच वर्षको अवधिमा करिब १५ सय विद्यार्थी लाई कम्प्युटर सम्बन्धि विभिन्न सिप प्रदान गरीसकेको यस इन्स्टिच्युटमा अहिले पनि ३ सय बढी विद्यार्थीहरु विभिन्न कोर्शमा अध्यानरत रहेको इन्स्टिच्युटका डाइरेक्टर शर्माले बताउनु भएको छ । इन्स्टिच्युटमा विभिन्न परिक्षाहरु हुने गर्दा विद्यार्थीहरुले एन्जल्स कम्प्युटर इन्स्टिच्युट नै रोजाइमा पारेका छन् । कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, गल्मी, रुपन्देही लगायत विभिन्न जिल्ला बाट कलेज पढ्न आएका विद्यार्थीहरुले उक्त इन्स्टिच्युट बाट विभिन्न कोर्शहरु गरेको उहाँले बताउनु भएको छ ।”डाइरेक्टर शर्माले भन्नु भयो ” अहिले कम्प्युटरको युग हो त्यसैले हामि विद्यार्थीको माग अनुसारका नयाँ नयाँ विषय ल्याइरहेका छौं। गरिव जेहेन्दार विद्यार्थीको लागि अझ छुटको समेत व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयोअहिले एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटमा अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ र भिडियो ग्राफिक लगायत विभिन्न विभिन्न कोर्षहरुको कक्षाहरू संचालन भैरहेको ईन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले जानकारी दिनुभयो ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६