अर्थ-वाणिज्य

लुम्विनी प्रदेश कै पहिलो पालिका : एक वार्ड एक एम्बुलेन्सको अभियान पुरा




कपिलवस्तु १४ मंसिर ।‘ कपिलवस्तुको मायादेवि गाउ पालिकाले एक वार्ड एक एम्बुलेन्सको अभियान पुरा गरेर लुम्विनी प्रदेश कै पहिलो पालिका बन्न सफल भएको छ । सोही क्रममा पछिल्लो पटक एक वडामा एक एम्बुलेन्स ’ अभियान अन्तर्गत कपिलवस्तुको मायादेबी गाउपालिकाले चार उप स्वास्थ्य चौकीलाई चार वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । यो संगै ८ वटा वार्ड रहेको मायादेबी गाउपालिकामा सबै वडामा एम्बुलेन्सको पहुच पुगेको छ । । एक वडा एक एम्बुलेन्सको अवधारणा अन्तर्गत मायादेवी गाउँपालिकाले यसअघि पहिलै ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।वडा नम्बर ३ फुलिका, ४ पिपरा, ५ बलहुवा र ६ डुमरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको हो ।

गाउपालिकाका अध्यक्ष वलीउद्दीन मुसलान र उपाध्यक्ष मेयर सरस्वती यादवले वडाध्यक्ष र वडाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । प्रभावकारी स्वास्थ्य सेवाको पहुच बढाउन गाउपालिकाका सबै वडामा एम्बुलेन्स प्रदान गरिएको अध्यक्ष मुसलमानले बताए । उनले समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाअओस भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरिएको बताए ।
महिन्द्रा कम्पनीको एम्बुलेन्स गाउपालिकाले भन्सार छुट सहुलियतमा खरिद गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बताए । जिल्ला कै १० पालिका मध्ये मायादेबी गाउपालिकाको सबै वडामा एम्बुलेन्सको पहुच पुग्ने पहिलो पालिका भएको उनले बताए । सो अवसरमा एम्बुलेन्सको चाबी लिदै वडा नम्बर ३ फुलिकाका वडाध्यक्ष शैलेन्द्र कुमार यादवले गाउपालिकाले स्वास्थ्य क्षेत्रकालागि गरेको काम निकै राम्रो रहेको बताए । यसले गाउपालिका भरी नै राम्रा सन्देश जाने उनले बताए ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६