अर्थ-वाणिज्य

बृजेशको पाँचौ यात्रामा ब्रेक लाग्दा मंगललाई पाँचौ पटकमा पहिलो सफलता

बलरामको बहादुरी : २८ हजार बढीमतको गठबन्धन १५ हजार मतान्तरमा पराजित



कपिलवस्तु १३ मंसिर ।कपिलवस्तुमा यसपाली केहि नयाँ र रोचक तथ्य उद्घाटित भएका छन् । एकातिर एमालेका उम्मेदवार बृजेश कुमार गुप्ताको पाँचौ संसदीय यात्रामा ब्रेक लाग्दा एमालेकै मंगल प्रसाद गुप्तालाई पाँचौ पटकमा पहिलो सफलता मिलेको छ ।अर्काेतिर २८ हजार बढीमतको गठबन्धन १५ हजार मतान्तरमा पराजित गरेर कपिलवस्तुमा एमालेका बलराम अधिकारीले बहादुरी देखाएका छन् । यतिमात्र होइन माओवादी केन्द्रका सचिव बलदेव खनालको पार्टी माओवादी केन्द्र कपिलवस्तुको क्षेत्र नं १ मा समानुपातिक मत गणनामा सातौ स्थानमा सिमित हुन परेको छ । फलस्वरुप कपिलवस्तुका मतदाताको रोजाईमा नयाँ अनुहार परेकाछन् ।

कपिलवस्तुमा ७४ सालमा चुनाव जितेका तीनैजना सांसद यसपटक पराजित भएका छन् । पार्टीभित्र प्रभावशाली नेताहरूको पहिचान बनाएका उनीहरू हारेका हुन् ।७४ मा क्षेत्र नम्बर १ बाट माओवादी सचिव चक्रपाणी खनाल ‘बलदेव’, २ मा सूर्य चुनाव चिह्न लिएर वृजेशकुमार गुप्ता र ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह निर्वाचित भएका थिए । यो निर्वाचनमा जनताले नयाँ अनुहार खोजे ।१ मा एमालेका बलराम अधिकारीसँग बलदेव १५ हजार ७२७ मतान्तरले पराजित भएका छन् । बलदेवले १५ हजार ७२७ मत पाउँदा अधिकारीले ३१ हजार २१६ मत पाएका छन् ।
खनालले अघिल्लो पटक कांग्रेसका दीपकुमार उपाध्यायलाई हराएका थिए । बलदेव, उपाध्याय र अधिकारी ७० मा एकअर्काका प्रतिस्पर्धी थिए । त्यो निर्वाचनमा अधिकारीले बलदेव र उपाध्यायलाई पराजित गरेका थिए । यीनै अधिकारी पुनः संघीय संसदमा फर्किएका छन् ।२ मा ५६ देखि लगातार जित्दै आएका वृजेशकुमार गुप्ताको संसद यात्रामा यसपालि कांग्रेस नेता सुरेन्द्र आचार्यले ब्रेक लगाएका छन् । ३१७ मतान्तरले पराजित भएका गुप्ताले आचार्यलाई ७४ सालमा पराजित गरेका थिए ।
०६४ को पहिलो संविधान सभामा सानै उमेरमा चुनाव जितेर चर्चामा आएका अभिषेक प्रताप शाहको लगातारको संसदयात्रा बे्रक लागेको छ । लगातार तीन चुनाव जितेका शाह यो निर्वाचनमा नेकपा ९एमाले० का उम्मेदवार मंगल प्रसाद गुप्तासंग पराजित भए । यिनै गुप्तालाई ०७४ सालमा पराजित गरेर संघीय संसदको यात्रा तय गरेका शाह यो निर्वाचनमा ३ हजार ६३६ मतान्तरले हारे ।०७४ मा शाह गुप्तालाई ४ हजार ४७० मतान्तरले हराएका थिए । अहिले सत्ता गठबन्धनको साथ पाउँदा पनि गतवर्ष एमाले छिरेका मंगल गुप्तासँग जीत निकाल्न सकेनन् । शाहले १८ हजार ९८३ मत ल्याउँदा गुप्ताको २२ हजार ६१९ मत आएको छ ।
एकाएक उम्मेदारी, फराकिलो मतान्तर :

क्षेत्र नं १ मा कांग्रेस ठूलो पार्टी भएपनि गठबन्धनको सहमति अनुसार ०७४ मा माओवादीले जितेकाले उसैले टिकट पायो । कमजोर संगठन भएपनि कांग्रेससहित गठबन्धनको मत लिएर चुनाव जित्ने योजनामा माओवादी नेता बलदेव लागे । तर, सुरूदेखि कांग्रेसले दावी गरेको यो क्षेत्रमा गठबन्धनमा नपरेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट बने भने नेकपा एसले प्रदेशमा नपाएपछि असन्तुष्ट बन्यो । एमाले(जसपा तालमेलबाट मनोनयन दर्ता गराउन गएका सहसराम यादव एकाएक कांग्रेसमा प्रवेश गरेर उम्मेदवार बने । उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले जसपाले अलग अलग उम्मेदारको मनोनयन दर्ता गराए ।
एमालेले लोसपाबाट आएका मधसुदनशरण चौधरीलाई उम्मेदवार बनाएर अन्तिममा दर्ता गराएको थियो । बलियो गठबन्धनसँग एकलरूपमा मैदानमा जान खोजेको एमालेबाट क्षेत्र नं १ प्रतिनिधि सभामा बलराम अधिकारीले दर्ता गरे । यो क्षेत्रमा सहसराम यादवका समेत गरी झण्डै २८ हजार मतान्तरले अगाडि रहेको गठबन्धनले सजिलै चुनाव जित्ने धेरैको अनुमान विपरीत १५६९२ मत बढी ल्याएर अधिकारी विजयी भए ।अनपेक्षित मत ल्याएर विजयी अधिकारी ०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । ०७४ मा पनि टिकटको दाबी गरिरहेका अधिकारीले तत्कालिन बाम गठबन्धनबाट बलदेवलाई टिकट दिएपछि पाएका थिएनन् ।सुरूमा अधिकारी आफै प्रतिनिधि सभामा लड्ने मनस्थितिमा थिएनन । विष्णु पन्थीलाई प्रतिनिधि सभा सदस्यमा लडाएर प्रदेश सभाबाट चुनाव लड्ने चाहनामा रहेका अधिकारी एकाएक प्रतिनिधि सभामा चुनाव लड्न तयार भएका थिए । उनै अधिकारीले पार्टीले अपेक्षा गरेभन्दा भारी मतान्तरमा जित निकाले ।
वृजेशको पाँचौं यात्रामा ब्रेक:
सबै सर्वेक्षणले क्षेत्र नं २ मा एमालेबाट उम्मेदार बनेका बृजेश गुप्ताले जित्ने देखाएको थियो । गतवर्ष एमाले प्रवेश गरेका गुप्ता आएपछि निकै ठूलो संख्यामा एमाले प्रवेश गराएका थिए । दक्षिणी क्षेत्रमा कमजोर रहेको एमालेलाई बलियो बनाएका थिए तर थोरै मतान्तरले उनी नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसँग पाँचौ पटकको रोकिन पुगे । यसअघि ०५६ देखि लगातार ४ पटक उनी सोही क्षेत्रबाट विजयी भएका थिए । आचार्यले गुप्तालाई ३ सय १७ को मतान्तरले पराजित गरेका हुन् ।

शक्तिशाली शाहलाई गुप्ताको ब्रेक:
पञ्चायतकालदेखि कम्युनिष्टइतरका पार्टीबाट निर्वाचन लडेर पराजित हुँदै आएका कपिलवस्तुका मंगलप्रसाद गुप्ता पहिलो पटक सांसद बन्ने अवसर पाएका छन् ।गत वर्ष एमालेमा प्रवेश गरेका ७७ वर्षीय गुप्ता पाँचौ पटकमा सांसद बनेका हुन् । पाँच पटक पाँच पार्टीबाट उठेका उनी अहिले बल्ल विजयी भएका हुन् । पञ्चायतकालदेखि संसदीय चुनाव लड्दै आएका गुप्ताले सो क्षेत्रमा शक्तिशाली मानिएका अभिषेक शाहलाई पराजित गरेर चर्चामा आएका छन् । शाहले यसअघि यहाँबाट तीन वटा चुनावमा नियमित जितेका थिए ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६