अर्थ-वाणिज्य

समानुपातिक तर्फ माओवादी केन्द्रको कपिलवस्तुमा सातौ स्थान



कपिलवस्तु, ११ मंसिर ।प्रतिनिधी सभाको जारी मतगणनावाट राष्टिय रुपमा तेश्रो दल बन्न सफल माओवादी केन्द्र कपिलवस्तुमा भने नराम्रो संग संकूचनमा परेको छ । समानुपातिक तर्फ क्षेत्र नं १मा एमाले सबै भन्दा ठूलो दल वनि रहदा माओवादी केन्द्र सातौ स्थानम पर्न सफल भएको छ ।कपिलवस्तु १ मा समानुपातिक तर्फ नेकपा (एमालें) पहिलो दल बनेको छ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको मतपरिणाममा एमाले पहिलो दल बनेको हो ।

आइतबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाममा एमाले पहिलो हुँदा, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा (एकीकृत समाजवादी) चौथो, नागरिक उन्मुक्ती पार्टी पाँचौ, जनमत पार्टी छैठौ, नेकपा (माओवादी केन्द्र) सातौ स्थानमा छ ।एमालेले क्षेत्र नं. १ मा २६ हजार २५७ मत पाएको छ । नेपाली कांग्रेस २० हजार ४९७ मत पाउँदै दोस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार २६० मत ल्याएर तेस्रो स्थानमा आउन सफल भएको छ ।नेकपा (एकीकृत समाजवादी) ले ६ हजार ६३० मत ल्याएर चौथो हुँदा नेकपा (माओवादी केन्द्र) ले ३ हजार ९२३ मत पाउँदै सातौं स्थानमा रहेको छ ।

नागरिक उन्मुक्ती पार्टीले ५ हजार ९६४ मत पाएको छ । जनमत पार्टीले ४ हजार ५९८ मत पाएका छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ३५२, जनता समाजवादी पार्टी नेपालले २ हजार ६०, बहुजन शक्ति पार्टीले १ हजार ९७६ मत पाएको छ ।समानुपातिक तर्फ ३८ दलले भाग लिएका थिए । अरु दलको मत एक हजार भन्दा कम छ । १ लाख ४१ हजार १३ मतदाता रहेको यो संघीय निर्वाचन क्षेत्रमा ९१ हजार ३३७ मत खसेको थियो । ४ हजार ९२० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ११ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६