खोज–अनुसन्धान

लुम्विनीको प्रतिनिधी सभा र प्रदेश सभा दुबैमा एमाले सबै भन्दा ठूलोदल




कपिलवस्तु ११ मंसिर । प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा सबै क्षेत्रको मतगणना सकिएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रतिनिधिसभामा नेकपा एमालेले ११ सिटमा जित निकालेको छ। नेपाली कांग्रेसले ५ सिटमा जित्दा नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३/३ सिट जितेका छन्। त्यस्तै, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले १/१ सिट जितेका छन्।
प्रदेशसभा तर्फ पनि एमाले नै ठूलो दल बनेको छ। ५२ सिट मध्ये एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। २०७४ सालको निर्वाचनमा २७ सिट जितेको एमालेले यसपटक ९ सिट गुमाएको छ। यता, २०७४ मा ७ सिट मात्रै जितेको कांग्रेसले सत्ता गठबन्धनको बलमा १७ सिट जित्दै दोस्रो दल बन्न सफल भएको छ।
त्यस्तै, २०७४ सालमा १४ सिटमा जित निकालेको माओवादी केन्द्रले अहिले ५ सिट मात्र जितेको छ। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट जितेका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीले एक सिट जितेको छ। माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका ३ जना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन्।
अघिल्लो प्रदेशसभामा ५ दलको सहभागिता रहेकामा यसपटक कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ। समानुपातिकमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने १० दलको प्रतिनिधित्व हुनेछ। यसपटक लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन्।
प्रतिनिधिसभामा कसले कति मत ल्याएर जिते ?

अर्घाखाँची
टोपबहादुर रायमाझी ४२ हजार ६७५ एमाले

कपिलवस्तु

क्षेत्र नं १ बलराम अधिकारी ३४६७५ एमाले

क्षेत्र नं २ सुरेन्द्रराज आचार्य ३९०१४ कांग्रेस

क्षेत्र नं ३ मंगलप्रसाद गुप्ता २२६१९ एमाले

गुल्मी

क्षेत्र नं १ चन्द्रकान्त भण्डारी ३३,७४४ कांग्रेस

क्षेत्र नं २ गोकर्ण राज विष्ट २८,४७६ एमाले

पाल्पा

क्षेत्र नं १ नारायणप्रसाद आचार्य ३११०१ एमाले

क्षेत्र नं २ ठाकुर गैरे २८६४५ एमाले

रुपन्देही

क्षेत्र नं १ छविलाल विश्वकर्मा २४८८२ एमाले

क्षेत्र नं २ विष्णु पौडेल २७१६५ एमाले

क्षेत्र नं ३ दीपक बोहरा ३६७१७ राप्रपा

क्षेत्र नं ४ सर्वेद्रनाथ शुक्ला २८ हजार लोसपा

क्षेत्र नं ५ बासुदेव घिमिरे ३६८२२ एमाले

नवलपरासी पश्चिम

क्षेत्र नम्बर १ विनोद चौधरी २९५१९ कांग्रेस

क्षेत्र नम्बर २ धुव्रबहादुर प्रधान ३४७६४ राप्रपा

प्यूठान

सुर्य थापा ४१ हजार ११८ एमाले

दाङ

क्षेत्र नम्बर १ मेटमणी चौधरी २६५७६ एकिकृत समाजवादी

क्षेत्र नम्बर २ रेखा शर्मा २६८८० माओबादी केन्द्र

क्षेत्र नम्बर ३ दीपक गिरी ३६९११ कांग्रेस

रोल्पा

वर्षमान पुन ४१७१४ माओबादी केन्द्र

बाँके

क्षेत्र नं १ सुर्यप्रसाद ढकाल २५०२६ एमाले

क्षेत्र नं २ धवल शम्मसेर राणा २९५७७ राप्रपा

क्षेत्र नं ३ किशोर सिंह राठौर २९०९७ कांग्रेस

बर्दिया

क्षेत्र नं १ सञ्जयकुमार गौतम ३०६११ कांग्रेस

क्षेत्र नं २ लालविर चौधरी २६५२० स्वतन्त्र

रुकुम पूर्व

पूर्णबहादुर घर्ती १२२६२ माओबादी केन्द्र

प्रदेशसभातर्फ कसले कति मत ल्याएर जिते ?

अर्घाखाँची

क चेतनारायण आचार्य २०५२५ एमाले

ख रामजीप्रसाद घिमिरे २२७८९ एमाले

कपिलवस्तु

क्षेत्र नं १ क विष्णुप्रसाद पन्थी २०२४७ एमाले

क्षेत्र नं १ ख मधुसुदन शरण चौधरी ११७४८ एमाले

क्षेत्र नं २ क नवराज लामिछाने २११३६ एमाले

क्षेत्र नं २ ख सुधाकर पाण्डेय १४१८५ कांग्रेस

क्षेत्र नं ३ क अर्जुनकुमार केसी ११७३५ एमाले

क्षेत्र नं ३ ख जानकीप्रसाद यादव ८५८२ राप्रपा

गुल्मी

क्षेत्र नं १ क चिन्तामणी पाण्डे १५१२७ एमाले

क्षेत्र नं १ ख धनेन्द्र कार्की १८५९६ कांग्रेस

क्षेत्र नं २ क डिल्लिराज भुसाल १४२८५ एमाले

क्षेत्र नं २ ख दिनेश पन्थी १३९२९ एमाले

पाल्पा

क्षेत्र नं १ क राजुप्रसाद श्रेष्ठ १७६४२ एमाले

क्षेत्र नं १ ख खेम बहादुर सारु १४२९६ कांग्रेस

क्षेत्र नं २ क वीरबहादुर राना १६०२९ कांग्रेस

क्षेत्र नं २ ख तुलाराम घर्ती मगर १३९९२ माओवादी केन्द्र

रुपन्देही

क्षेत्र नं १ क आषिशकुमार चौधरी १७७९६ राप्रपा

क्षेत्र नं १ ख अब्दुल रजाक १२१३७ कांग्रेस

क्षेत्र नं २ क लिला गिरी १७६३७ एमाले

क्षेत्र नं २ ख भोजप्रसाद श्रेष्ठ १६३५१ एमाले

क्षेत्र नं ३ क सन्तोषकुमार पाण्डेय १४९२८ लोसपा

क्षेत्र नं ३ ख तुलसीप्रसाद चौधरी १६३९४ एमाले

क्षेत्र नं ४ क कन्हैया बनिया १५१५५ लोसपा

क्षेत्र नं ४ ख वसी उद्दीन खाँ ११३०५ कांग्रेस

क्षेत्र नं ५ क भूमीश्वर ढकाल १९०७८ एमाले

क्षेत्र नं ५ ख चन्द्रकेश गुप्ता १२९४१ जनमत पार्टि

नवलपरासी पश्चिम

क्षेत्र नम्बर १ क विश्वप्रेम पाठक १४४५२ कांग्रेस

क्षेत्र नम्बर १ ख देवकरण कलवार ११२९७ कांग्रेस

क्षेत्र नम्बर २ क खड्ग बस्नेत १२४४९ स्वतन्त्र

क्षेत्र नम्बर २ ख वैजनाथ कलवार ११७८२ कांग्रेस

प्यूठान

क तुल्सीराम शर्मा २०२१० एमाले

ख सरोज थापा २२५१९ कांग्रेस

दाङ

क्षेत्र नम्बर १ क इन्द्रजीत थारु १३५०७ माओवादी केन्द्र

क्षेत्र नम्बर १ ख अनुराग खड्का १६२३७ कांग्रेस

क्षेत्र नम्बर २ क राजु खनाल १५६१९ कांग्रेस

क्षेत्र नम्बर २ ख प्रचण्ड विक्रम न्यौपाने १७४८२ कांग्रेस

क्षेत्र नम्बर ३ क डिल्लीबहादुर चौधरी १९८७६ कांग्रेस

क्षेत्र नम्बर ३ ख धनबहादुर मास्की २२३६२माओवादी केन्द्र

रोल्पा

क जोखबहादुर महरा १९४२५ माओवादी केन्द्र

ख दिपेन्द्र पुन १४९२७ स्वतन्त्र

बाँके

क्षेत्र नं १ क कृष्णा केसी ९९१०३० माओवादी केन्द्र

क्षेत्र नं १ ख दुर्गाप्रसाद चौधरी १५६५७ एमाले

क्षेत्र नं २ कभण्डारीलाल अहिर ११५०४ जसपा

क्षेत्र नं २ ख आदेशकुमार अग्रवाल ८२४६ जसपा

क्षेत्र नं ३ क रत्नबहादुर खत्री १३१८० एमाले

क्षेत्र नं ३ ख बादशाह कुर्मी १३४५० कांग्रेस

बर्दिया

क्षेत्र नं १ क भूवनेश्वर चौधरी १७०२६ कांग्रेस

क्षेत्र नं १ ख राजकुमार चौधरी १३२३० नागरिक उन्मुक्ति पार्टि

क्षेत्र नं २ क जन्मजय तिमिल्सिना १७२५१ कांग्रेस

क्षेत्र नं २ धर्मबहादुर चौधरी २०१२७ नागरिक उन्मुक्ति पार्टि

रुकुम पूर्व

क सरुल पुन ४४६५ स्वतन्त्र

ख धनबहादुर केसी ४८६२ कांग्रेस

प्रकाशित : ११ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६