प्रदेश

कपिलवस्तु क्षेत्र न. ३ को (२)मा राप्रपाका जानकी प्रसाद यादव विजयी




कपिलवस्तु, ०९ मंसिर ।
कपिलवस्तु ३ को प्रदेश सभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकी प्रसाद यादव विजयी हुनुभएको छ ।

विहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई ६ सय ७५ मतान्तरले पराजित गर्नुभएको हो । यादवले ८ हजार ५८२ मत पाउँदा खाँले ७ हजार ९०७ मत प्राप्त गर्नुभएको छ ।

राप्रपाबाट विजयी हुनुभएका यादव गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयनगर गाउँपालिकाको अध्यक्षमा पराजित हुनुभएको थियो । उहाँ स्थानीय तहको चुनावमा जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट चुनाव लड्नुभएको थियो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा जसपाले टिकट नदिए पछि उहाँ राप्रपामा प्रवेश गरेर टिकट पाउनुभएको थियो ।

यस्तै सत्ता गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार विरेन्द्र कानौडियाले ६ हजार ७९ मत पाउनुभयो । ०७४ सालमा यही निर्वाचन क्षेत्रबाट लुम्बिनी प्रदेश सभा सदस्यमा उहाँ निर्वाचित हुनुभएको थियो ।

निर्वाचनमा जनता प्रगतिशिल पार्टीका उम्मेदवार मिर्जा रसिद बेगले ५ हजार २४१ मत पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ का अनुसार मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३५ हजार ६३४ मत खसेकोमा २ हजार ७० मत बदर भएको थियो ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६