प्रदेश

महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु



काठमाण्डौ, ०९ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाण्डौ उपत्यकालगायत देशैभरका विभिन्न ठाउँमा र्यालीसहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।

यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म मनाउने गरिन्छ। महिलामाथि हुने हिंसाको स्वरूप र प्रारूप, तौर र तरिकाका अनेक रूपहरू आइरहेका हुन्छन् । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो।

विश्वमा हरेक ११ मिनेटमा एक महिला वा युवतीको हत्या हुने गरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले हरेक ११ मिनेटमा कुनै न कुनै माध्यमबाट एक महिला वा युवतीको हत्या हुने गरेको बताउनु भएको हो । उहाँले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय कार्य योजना बनाउन आह्वान समेत गर्नु भएको छ।

अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसको अवसरमा उहाँले हिंसा अन्त्यका लागि राष्ट्रिय कार्य योजना बनाएर अघि बढ्न आग्रह गर्नु भएको हो । संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेसँगै विश्वभर आज यो दिवस मनाइँदै छ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६