प्रदेश

रुपन्देही क्षेत्र नम्बर १ बाट प्रदेशसभामा राप्रपाका चौधरी विजयी



बुटवल, ९ मंसिर । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ६ सय ५१ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६