अर्थ-वाणिज्य

सता गठबन्धनका बहालवाला मन्त्री यादवलाई पराजित गरेर मधुशुदनले रचे एमालेको नयाँ इतिहास



कपिलवस्तु ९ मंसिर । कपिलवस्तु निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा २ मा गत स्थानीय निर्वाचनमा एमालेले कुनै पनि वडामा जित्न सकेन । कुनै पनि पालिकामा दोश्रो शक्ति समेत बन्न सकेन । तर केपि ओली र प्रदिप ज्ञवाली आएर पटक पटक प्रबेश गराएका मधेसी नेताहरुले कहा भोट दिए दिलाए र यस्तो भयो ? एमाले बृत्तमा सधै यो प्रश्न नै रहयो । त्यही प्रश्नको सटिक उत्तर यतिबेला मधेसका नेता कार्यकर्ताले एमाले समक्ष हिसाव गरेर बुझाएका छन् । जसका कारण सता गठबन्धनका बहालवाला मन्त्री शहषराम यादवलाई पराजित गरेर मधुशुदन चौधरी सहितको नेतृत्वले एमालेको नयाँ इतिहास रच्न सफल भएको छ । सत्ता गठबन्धन नेपाली कांग्रेसका प्रदेश सरकारका वहालवाला भौतिक योजना मन्त्री शहषराम यादव भन्दा २५ सय ८२ मत बढी ल्याउन सफल भएर मधुसुदनले नयाँ इतिहास रचेका हुन् । उनले ११हजार ८७५ पाएका छन् भने यादवले ९हजार ६६ मत पाएका छन् ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६