प्रदेश

कपिलवस्तु ३ (१) मा एमालेका अर्जुन केसी विजयी



कपिलवस्तु, ०८ मंसिर ।

कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा एमाले का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् ।

एमाले उम्मेदवार केसीले ११ हजार ७३५ मत पाउँदा मिश्राले ११ हजार ७२८ मत पाए । केसिले ७ मतान्तरले चुनाव जितेका छन् । ०७४ मा पनि तत्कालिन बाम गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।

गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण प्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा एकीकृत समाजवादी का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत पाएका छन् । यद्यपि निर्वचन आयोगले आधिकारीक घोषण गर्न बाँकि रहेको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६