प्रदेश

दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी




दाङ, ०८ मंसिर ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ ।सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी हुनु भएको हो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले दोस्रो स्थानमा रहेर २६ हजार १ सय ८९ मत प्राप्त गर्नुभयो ।

दुई नेताबीचको अन्तर १ सय ९६ मत रहेको छ । शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो । उहाँ २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुनु भएको थियो ।निर्वाचन जिते लगत्तै संचारकर्मीहरुसँग कुराकानी गर्दे शर्माले दाङका जनतासँग सँगै रहने र उनीहरुका गुनासा हुनेगरी सुन्नेगरी काम गरेर देखाउने बताउनु भयो ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६