खोज–अनुसन्धान

एमाले अध्यक्ष ओली २८ हजार मतान्तरका साथ बिजयी




काठमाडौ ८ मंसिर ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ हजारभन्दा धेरै फराकिलो मतसहित प्रतिनिधिसभामा विजयी भएका छन्। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा ५१ हजार ६१९ मतसहित विजयी भएका हुन्। ओलीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।

अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ३८८ देखिएको छ। ओली निर्वाचित यस क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए। यहाँ ९८ हजार ६३१ मत खसेको थियो। जसमा ५११७ मत बदर भएको छ। एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सहित ६ पटक यही क्षेत्रबाट निर्वाचित भएका छन्।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६