अर्थ-वाणिज्य

रुपन्देही २ मा पौडेलको अग्रता शुरुवात




रुपन्देही ६ मंसिर । रुपन्देही २ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै पौडेलले अग्रता लिएका हुन् । पौडेलले ५३११ मत प्राप्त गरेका छन् । यसैगरी सुरुवात देखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ५१३६ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४०६० मत प्राप्त गरेका छन् । अहिलेसम्म १५ हजार ५७९ मत गणना भएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल